scheduleआइतवारबैशाख ५ गते, २०७८

विश्व रेकर्ड राख्न टुँडिखेलमा हजारौंले वाचन गरे एकसाथ बुद्ध वचन

काठमाडौं, १९ फागुन । विश्व कीर्तिमान बनाउन शनिबार हजारौं मानिस टुँडिखेलमा जम्मा भए । उनीहरुले एक साथमा गौतम बुद्धको वचन ‘धम्मपद’ बाचन गरेका छन् । बुद्ध वचन धम्मपदमा रहेका मध्ये २५ बुँदालाई सहभागीहरुले वाचन गरेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीदेखि, माओवादी अध्यक्ष प्रचण्ड, एमाले नेता सुवास नेम्वाङ, सञ्चारकर्मी रवि लामिचाने, मिस नेपाल सुगरिका केसी, महानायक राजेश हमाल लगायतका विभिन्न कलाकारहरुको समेत उपस्थिति रहेको थियो । टुंडिखेलमा के वालक, के युवा, के वृद्ध सबैको हातमा नेपालको झण्डासहित ‘गौतम बुद्ध नेपालमा जन्मिएका हुन’ लेखिएको टोपी लगाएका थिए भने कोहीले बुद्धकै तस्बिर बोकेका थिए ।

गिनिज बुकमा रेकर्ड राख्न कार्यक्रम आयोजना गरिएको विश्व कीर्तिमानी परिषद् नेपालले जनाएको छ ।

टुंडिखेलभित्र ७५ हजार आधिकारिक पास लिएर सहभागी भएतापनि त्यति नै मानिस पास नलिई प्रवेश गरेको पूर्वपर्यटनमन्त्री आनन्द पोखरेलकाे अनुमान छ ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले बुद्ध नेपालको लुम्बिनीमा जन्मेको सत्यतामा भ्रम नछर्न विश्व समुदायलाई आग्रह गरेका छन् ।

४५ हजार मानिस एकै ठाउँमा भेलाभई ‘पढेको’ रेकर्ड अहिले भारतको आर्ट अफ लिभिङ फाउन्डेसनको नाममा छ । ४६ हजार ६६० जनाले एकसाथ कविता पढेर यो रेकर्ड बनाएका थिए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay