scheduleमगलवार कार्तिक ११ गते, २०७७

उद्योग वाणिज्य महासंघकाे उपाध्यक्षमा किशोर प्रधान निर्वाचित


काठमाडौं, २५ फागुन । नेपाल उद्योग वाणिज्य महासंघको रिक्त रहेको जिल्ला तथा नगर उपाध्यक्षमा किशोर प्रधान निर्वाचित भएका छन् । कुल खसेको ९८ मतमध्ये ६५ मत प्राप्तगरी प्रधान निर्वाचित भएका हुन् । उपाध्यक्षका अर्का प्रत्यासी निरक केसीले ३३ मत ल्याए । महासंघका अनुसार १०६ जना मतदाता मध्ये ९८ जनाले मतदान गरेका थिए।

२०७३ चैत २९ गते सम्पन्न महासंघको निर्वाचनमा शेखर गोल्छासँग बरिष्ठ उपाध्यक्ष पदमा चुनाब हारेका प्रधानले अहिले जिल्ला नगर उपाध्यक्ष जितेका हुन् । प्रधान यसअघि पनि महासंघको जिल्ला तथा नगर उपाध्यक्ष भइसकेका छन्। उक्त निर्वाचनमा प्रमोद श्रेष्ठ किशोर प्रधानको प्यानलबाट निर्वाचित भएका थिए ।

तर, २०७४ बैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा श्रेष्ठ म्याग्दीको बेनी नगरपालिकाको मेयरमा एमालेका तर्फबाट चुनाब उठेपछि महासंघको बिधानअनुसार उनको पद स्वतः खारेज भएको थियो । श्रेष्ठले मेयरको निर्वाचनमा पनि हार बेहोरेका थिए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay