scheduleबुधवार आश्विन १३ गते, २०७८

मधेशका २२ वटै जिल्लामा पर्यटनमा लगानी गर्ने भन्दै अध्ययनसँगै समूह निर्माण


नेपालगञ्ज, २७ फागुन । मधेशको वर्तमान धरातलीय अवस्था र मनोविज्ञान बुझ्न अमेरिका एसोशिएन अफ मधेशमा नामक संस्थाले मधेसका २२ वटै जिल्लामा टेवा पुर्याउने उदेश्यका साथ मधेसमा पर्यटन प्रबद्र्धनको क्षेत्रमा लगानी गर्नेगरी अध्ययन गरेको छ । कार्यक्रमका संयोजक राज सर्राफकाअनुसार मधेशका दिनचर्या, समस्या, कुरिति, विशेषता, कृषि, पर्यटन लगायतका सम्भावना बारे सरोकारवालाहरु सँग जानकारी लिइएको छ । उक्त पर्यटन प्रबद्र्धन कार्यक्रमलाई ‘भिजिट मधेस‘ नाम दिईएको छ । साथै मधेशमा पर्यटन क्षेत्रको अधिक सम्भावना रहेको र लगानीका लागि अध्ययन सम्पन्न भएको उनले बताए ।

उनका अनुसार मधेशको २२ जिल्लालगायत विभिन्न अन्य स्थानहरुमासमेत छलफल तथा समग्र विकासमा टेवा पुर्याउने उदेश्यले मधेसमा पर्यटन प्रवर्द्धनको योजना निर्माण गरिनेछ । उक्त अध्ययन अवलोकन कायृक्रममा विद्यार्थी, सरकारी कर्मचारी, समाजसेवी , पत्रकार, मानवअधिकारवादी, राजनितिदलका प्रतिनिधी, अधिकारकर्मी , कानुनकर्मी तथा स्थानीय वासिन्दाहरुको सहभागीता रहेको थियो ।

उक्त अवसरमा प्रदेश नम्बर १ का पर्यटन, उधोग, आपूर्ति,वन एवं वातावरण मन्त्री जगदीश कुसियैत यादवले भने, ‘प्रदेशमा पर्यटन मैत्री नीति, स्वच्छता अभियान, शान्ति एवं वैदेशिक लगानी वातावरण निर्माणको लागि प्रदेश सरकार तयार छ ।’

यस्तै भिजिट मधेस कार्यक्रमको बारेमा प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्दी, अर्थ मन्त्री विजय यादव, राज्य मन्त्री द्वय योगेन्द्र यादव, उषा यादव, प्रदेश सभा सदस्य राम आशिष यादव, प्रदेश नम्बर–२ का मुख्य सचिव लगायतका बिशिस्ट ब्याक्तित्वहरुसंग उक्त प्रदेशको समग्र विकास, शान्ति–सुरक्षा एवं पर्यटन मैत्री वातावरण निर्माण एवं स्वच्छता अभियानको बारेमा ध्यानाकर्षण गराइएको छ ।

यसैबीच उधोग बाणिज्य संघ कैलालीका पूर्व अध्यक्ष एवं पर्यटन अभियन्ता दिनेशराज भन्डारीले कार्यक्रम सकारात्मक रहेकोले सहकार्यको प्रतिबद्धता व्यक्त गरेका छन् । कार्यक्रम अन्तर्गत प्रदेश नम्बर ५, २ ,१ ,७ को विराटनगर देखि कञ्चनपुर सम्म मधेसको वर्तमान अवस्था, मनोविज्ञान एवं पर्यटकीय स्थलहरुको बारेमा विभिन्न क्षेत्रका स्थानीय अगुवाहरु ,पत्रकार ,अधिकारकर्मीहरु, नागरिक समाजिक अगुवा र राजनीतिकर्मी र चेतनसिल युवाहरु संग छलफलगरी मधेशको २२ वाटै जिल्लामा प्रारम्भिक टिमको निर्माण गरिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय