scheduleमगलवार मंसिर २४ गते, २०७६
Bajaj
Global IME

एन्जेला मर्केल चौथो पटक निर्वाचित : जर्मनको राजनीतिक गतिरोध अन्त्य

एजेन्सी, १ चैत । जर्मनको संसदले चौथो पटक एन्जेला मर्केललाई चान्सलर पदमा चुनेको छ । यस कार्यकाललाई उनको सम्भावित अन्तिम कार्यकाल हुनसक्ने बताइएको छ ।

जर्मनी संसदका ३६४ मध्ये ३१५ सांसदहरुले मर्केलको पक्षमा मतदान गरेका थिए । यससँगै युरोपको सबैभन्दा ठूलो अर्थव्यवस्था भएको देशमा छ महिनादेखि चलिरहेको राजनीतिक गतिरोधको पनि अन्त्य भएको छ ।

मतदानको समयमा नौ सांसदहरु अनुपस्थित थिए ।

संसदमा चान्सलरलाई चुनिने यो मतदान सांसदिय चुनावको १७१ दिनपछि भएको हो । ३५ सांसदहरुले उनको विपक्षमा मतदान गरेका थिए । चान्सलर पदको शपथ अघि राष्ट्रपति फ्रैंक वाल्टरले औपचारिकरुपमा क्रिश्चियन डेमोक्रेटिक युनियनकी नेतृ मर्केललाई नियुक्त गर्नेछन् ।

यससँगै ६४ वर्षीया मर्केलले अब परिवर्तित क्याबिनेटको अध्यक्षता गर्नेछिन् ।

नयाँ गठबन्धनको मस्यौदामा २०१५ मा जस्तै धेरै शरणार्थीहरुलाई जर्मनीमा प्रवेश गर्न नदिने विषयमा सहमती गरिएको छ साथै नयाँ शरणार्थीहरुको संख्या प्रत्येक वर्ष १ लाख ८० हजारदेखि २ लाख २० हजारसम्म राख्ने बताइएको छ । मर्केलले सार्वजनिक रुपमै आगामी चार वर्षको कार्यकाललाई पुरा गर्ने लक्ष्य राखेको बताइन् ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage