scheduleआइतवार भाद्र ८ गते, २०७६

दाईले चलाएको गोली लागेर भाईको मृत्यु

फुङलिङ, २ चैत । ताप्लेजुङमा आफ्रनै दाईले चलाएको गोली लागेर भाइृको मृत्यु भएको छ । आठराई त्रिवेणी गाउँपालिका–३ का २७ वर्षीय दाई सुवास आङ्वुहाङले चलाएको गोली लागेर भाई २२ वर्षीय दिवस आङ्वुहाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

बिहीबार साँझ दाजुभाई सिकार खेल्न जंगल गएको र सिकार खेल्ने क्रममा दाजुले गोली चलाउँदा भाईलाई लागेको थियो । घटनाबारे अहिले अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage