scheduleशनिवार भाद्र ७ गते, २०७६

पूर्वराजा ज्ञानेन्द्रलाई भेटेपछि कमल थापाकाे यूटर्न–पशुपतीजी/प्रकाशजीसंग एकता हुनसक्छ

फाइल फाेटाे

काठमाडौं, ६ चैत । पूर्वको भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले टुक्र टुक्रामा परिणत भएका तीनवटै राप्रपाका अध्यक्षलाई भेटेको भोलिपल्ट आज राप्रपा अध्यक्ष कमल थापाले तीन राप्रपाबीच एकता हुन सक्ने बताएका छन् । अध्यक्ष थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत पशुपतिशमशेर राणा र डा.प्रकाशचन्द्र लोहनीसँग एकता हुन सक्ने लेखेका छन् ।

फेसबुकमार्फत उनले लेखेका छन्, ‘राजसंस्थाप्रति हाम्रो आस्था र सम्मान यथावत् छ । पशुपतीजी/प्रकाशजीसँग एकता हुनसक्छ । तर, चौथो ठूलो शक्ति भइसकेको र पहिलो/दोस्रो हुनसक्ने राप्रपालाई एजेण्डा छोड्यो भनेर हल्ला गर्ने, नेतृत्वलाई बदनाम गर्ने र अन्ततः पार्टी फुटाउन निर्णायक भूमिका खेल्ने कथित भजनमण्डलीसँग भने सतर्क हुनुपर्छ ।’

प्रतिनिधिसभाको निर्वाचनअघि तीन टुक्रामा विभाजित राप्रपा अहिले राष्ट्रिय दलको हैसियत पाउनबाटसमेत वञ्चित भएको छ । राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनले मात्रै वाम गठबन्धनको सहयोगमाझापा ३ बाट निर्वाचन जितेका छन् ।

सोमबार पूर्वको हिमालयन टी स्टेटमा पूर्वराजाले राप्रपा अध्यक्ष कमल थापा, राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणा र राप्रपा एकीकृतका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीसँग भेटेका थिए ।

राप्रपामा देखिएको गुट र फुटले कसैको हित नभएको भन्दै राजसंस्था र हिन्दुराष्ट्र जोगाउन पुनः एकीकरणमा जान पूर्वराजाले नेताहरूलाई सुझाएका थिए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage