scheduleआइतवार कार्तिक ३ गते, २०७६

मन्त्री विष्टको पहिलो काम, राजधानी बाहिर तीन स्थानबाट श्रम स्वीकृति

काठमाडौँ ६ चैत ।  इटहरी, जनकपुर र बुटवलबाट  श्रम स्वीकृति लिन पाइने भएको छ ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा जाने युवालाई सहज गराउन राजधानी बाहिरका यि तीन  स्थानबाट पनि श्रम स्वीकृति दिने निर्णय गरेको हो ।

मन्त्रालयले  पूर्वको इटहरी, दुई नम्बर प्रदेशको जनकपुर र पश्चिमको बुटवलबाट श्रम स्वीकृति दिने निर्णय गरेको छ ।

मंगलबार अायोजीत पत्रकार सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा ‍म‍न्त्री गोकर्ण विष्टले भने, -‘विद्यमान कानुनी व्यवस्थाअनुसार फरक नपर्ने गरी सेवा दिन प्रक्रिया मिलाइहाल्न निर्देशन दिइसकेको छु । ‘

उनल‍े अगाडी भने- वैदेशिक रोजगारलाई सहज, सरल र गुणस्तरीय सेवा प्रदान गर्नको लागि सबै खाले ‘सिन्डीकेट’लाई हटाइन्छ ।

कामदारलाई न्यून सेवा शुल्कमा वैदेशिक रोजगारीमा पठाइने विषयमा पनि गहनरुपमा छलफल भइरहेको  उनले बताए ।

 

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage