scheduleआइतवार कार्तिक ३ गते, २०७६

नाइजेरियाका अपहरित ११० छात्रामध्ये ७६ जना रिहा

अबुजा, नाइजेरिया, ८ चैत । नाइजेरियामा गत महिना बोकोहराम समूहले अपहरण गरेका ११० छात्रामध्ये ७६ जनालाई उक्त समूहले बुधबार रिहा गरेको यहाँको सरकारले बुधबार पुष्टि गरेको छ ।

बोको हराम समूहले उच्च अध्ययनका लागि नाइजेरियाली उत्तरी शहर दाप्चीस्थित एक क्याम्पसबाट उनीहरूलाई अपहरण गरेको थियो ।

सूचना तथा सस्कृति मन्त्री लाई मोहम्मदले अपहरित छात्राहरूको रिहाइबारे बताए, सबै ७६ जना किशोरीहरूलाई स्थानीय समयअनुसार बुधबार बिहान ३ बजे रिहा भएका छन् । उनीहरूलाई रिहा गर्न सरकारले अनौपचारिक प्रयास गरेको मन्त्री मोहम्मदले बताए । उनले थपे, ‘देशका केही साथीहरूको सहयोगमा विनाशर्त मुक्त उनीहरूलाई मुक्त गरिएका छ ।’

मोहम्मदका अनुसार उनीहरूको रिहाई विना कुनै शर्त भएको बताए । किशोरीहरू आतङ्कवादीको जालमा फसेका थिए तर सरकारले हिंसारहित उपाय अवलम्बन गरेर उनीहरूलाई रिहा गराउन सरकार सफल भएको छ ।

रिहा भएका सबै किशोरी अहिले सुरक्षित अवस्थामा आफ्ना अभिभावकका साथमा रहेका सरकारको प्रवक्तासमेत रहेका मन्त्री मोहम्मदले बताए ।

कसैको ज्यान नजाओस् भनेर सेनाले दाप्चा क्षेत्रमा आफ्नो गतिविधिलाई विश्राम दिएको सेनाद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

बुधवार बिहान सबेरै गाडी चढेर नगरमा बोको हराम भन्ठानिएका विद्रोहीहरूले स्थानीय समुदायलाई ती बालिकाहरू जिम्मा लगाएका थिए । छात्राहरू कमजोर र थकित देखिएका प्रत्यक्षदर्शी अभिभावकले सिन्ह्वालाई बताए ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage