scheduleशनिवार आश्विन ४ गते, २०७६

यी दुई ग्रहमा हुन्छन् हिराका वर्षा, वैज्ञानिकले गरे खुलासा

एजेन्सी, ९ चैत । पृथ्वीको अमूल्य रत्न हिरा ब्रह्माण्डको कुनै कुनामा प्रशस्त पाइन्छन् भन्ने कुरमा धेरैलाई हावादारी लाग्नसक्छ तर यो वास्तविक हो । एक मिडिया रिपोर्टका अनुसार यसलाई वैज्ञानिकहरुले पनि पुष्टि गरेका छन् ।

वैज्ञानिकहरुका अनुसार शनि र बृहस्पति दुई यस्ता ग्रह हुन् जहाँ हिराको वर्षा हुन्छ ।

मिडिया रिपोर्टका अनुसार एस्ट्रोनोमिकल सोसाइटीको वार्षिक वैठकमा वैज्ञानिकहरुले त्यस्तो खुलासा गरेका हुन् । वैज्ञानिकहरुले भनेका छन् ती ग्रहहरुमा विजुली चम्कने, गर्जन र तूफानले ओलावृष्टी मिथेनलाई कार्बोनमा बदल्छ, जुन झरेर भू-सतहमा ठोकिएपछि ठोस भएर ग्रेफाइटको रुपमा परिणत हुन्छ ।

त्यसै कारणले त्यहाँ हिराको वर्षा हुन् वैज्ञानिकहरु बताउँछन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage