scheduleबिहिवारबैशाख ९ गते, २०७८

जर्मनीलाई हारको स्वाद चखायो ब्राजिलले

एजेन्सी, १४ चैत । मंगलबार राति भएको अन्तराष्ट्रिय मैत्रीपुर्ण खेलमा ब्राजिलले जर्मनीलाई १-० गोलले पराजित गरेको छ ।

पछिल्लो समय उच्च फर्ममा रहेको जर्मनीलाई ब्राजिलले हराउन सफल भएको हो ।

ब्राजिलका लागि एकमात्र गोल ग्राबिल जेससले गरेका थिए । सन् २०१८ को विश्वकपका दाबेदार मानिएका यी दुई देशबीच मैत्रीपुर्ण खेल भएपनि कडा प्रतिस्पर्धा भएको थियो ।

सन् २०१४ मा आफ्नै देशमा भएको खेलमा ब्राजिल जर्मनीसँग ७-१ गोलले पराजित भएको थियो ।

यसपछि सन् २०१६ मा भएको ओलम्पिकमा ब्राजिलले जर्मनीलाई फाइनलमा पराजित गर्दै ओलम्पिक मेडल जितेको थियो । तर, विश्वकपमा नै बदला लिने अवसर भने अब केही महिना बाँकी रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay