मैत्रीपुर्ण खेलमा रसियाको पराजित यात्रा कायम नै
एजेन्सी, १४ चैत । मंगलबार राति भएको अर्को अन्तराष्ट्रिय मैत्रीपुर्ण खेलमा सन् २०१८ को विश्वकप आयोजक देश रसिया फ्रान्ससँग ३-१ गोलले पराजित भएको छ ।
फ्रान्सका लागि कायलियन बाप्पेले दुई गोल गरे ।
उनले खेलको ४० र ८३ औ मिनेटमा गोल गरे । पोउल पोग्वाले खेलको ४९ औ मिनेटमा गोल गरे ।
रसियाका लागि एकमात्र सान्तोना गोल फेडोरले गरेका थिए । यस अघि ब्राजिलसँग भएको खेलमा रसिया ३-० गोलले पराजित भएको थियो ।