scheduleबुधवार आश्विन ६ गते, २०७८

फेसबुकमा व्यस्त कर्मचारीमाथि मेयर साप’को एक्सन

पोखरा, १८ चैत । कार्यालय समयमा पनि सेवाग्राहीको काम छाडी फेसबुकमा व्यस्त रहेको गुनासो बढ्दै गएपछि पोखरा लेखनाथ महानगरपालिकाका मेयर मान बहादुर जिसीले नयाँ नियम लागु गरेका छन् । महानगर पालिकाले आइतवारदेखि लागु हुनेगरी कार्यलय समयमा फेसबुक बन्द गराएको छ ।

महानगरपालिकाले कार्यालयमा जडान गरेकोे इन्टरनेटमा वाइफाइ र फेसबुक पूर्णरुपमा बन्द गराएको छ ।

मेयर जिसीले कार्यालय समयमा पनि धेरैजसो कर्मचारीहरु सेवाग्रहीको काम छोडेर फेसबुकमा तल्लिन भएपछि यसलाई रोक्न मन्त्रालयसँग समन्वय समेत गरेका थिए । हाल उनी विदेश भ्रमणमा रहे पनि आजबाट कार्यालयमा पूर्ण रुपमा फेसबुक बन्द भएको हो ।

महानगरका सम्पूर्ण वडाहरुमा भने यही मंगलबारबाट यो नियम लागु हुने छ ।

कार्यालयको समयमा सेवाग्रहीको कामलाई चुस्त दुरुस्त बनाउन मेयर जिसीले केही दिन अघि पहल थाल्दै आफु पनि कार्यालय समयमा कुनै सार्वजनिक कार्यक्रममा सहभागी नहुने घोषणा गरेका थिए ।

उनले कार्यालय समयमा दैनिक महानगरपालिका आउने करिब २ हजार सेवाग्रहीहरुको सेवा छिटो छरितो बनाउन फेसबुक बन्द गराउन पहल थालेका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय