ग्रान्डी अस्पतालमा विरामीले गरे आत्महत्या

काठमाडौं, १ बैशाख । राजधानीकाे धापासीस्थित ग्रान्डी अस्पतालमा उपचाररत एक बिरामीले आत्महत्या गरेका छन् ।
स्याङ्जा आसुखर्क गाउँपालिका–८ घर भएका १७ वर्षीय कृष्ण क्षेत्रीले शुक्रबार साँझ अस्पतालको छैठौ तलाबाट हाम फालेका हुन् । घटापश्चात गम्भीर घाइते भएका क्षेत्रीको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
क्यान्सर रोगबाट पीडित क्षेत्री ग्राण्डी अस्पतालमा यही चैत २१ गतेदेखि भर्ना भई उपचारत थिए ।