scheduleमगलवार आषाढ़ ३० गते, २०७७

विदेशका जेलमा रहेकालाई कानूनी सहायताः मन्त्री विष्ट

काठमाडौं, ३ वैशाख । वैदेशिक रोजगारीमा गएका तर उतै जेलमा परेकाहरुलाई नेपाल सरकारले कानुनी सहायता गर्ने बताएकाे छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत साे जानकारी गराएका हुन्र । मन्त्री विष्टले वैदेशिक रोजगारका क्रममा विदेशी जेलमा रहेका नेपाली कामदारको कानूनी प्रतिरक्षाको व्यवस्था मिलाउने बताएका हुन् ।

गन्तव्य मुलुकमा वैदेशिक रोजगारीमा रहेका अधिकांश नेपाली श्रमिकले भाषाका कारण समस्या भोग्नु परेको उल्लेख गर्दै मन्त्री विष्टले कामदारको सहजताका लागि एक हप्ता भित्र सम्बन्धित देशका जनशक्तिको व्यवस्थापन गर्ने निर्णय गरेको समेत जानकारी दिए ।

सिंहदरवारस्थित मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री विष्टले यस क्षेत्रमा देखिएको विकृति, बेथितिको अन्त्य हुने गरी अब सरकारले कदम चाल्ने बताए । त्यस्तै, रेमिट्यान्स सेवालाई बैँकिङ् प्रणालीबाट ल्याउने तथा उक्त रकमलाई उत्पादन र रोजगारमुलक क्षेत्रमा लगानी गर्ने गरी प्रबन्ध मिलाउन अध्ययनका लागि श्रम मन्त्रालयका सचिवको नेतृत्वमा कार्यदल गठन गरिएको जानकारी दिए ।

वैदेशिक रोजगार विभागको अनुमानमा विदेशी जेलमा ५ सयको हाराहारीमा नेपाली कामदार छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय