scheduleबुधवार भाद्र ४ गते, २०७६

प्रहरीको पैसा हराउँदा प्रधानाध्यापक प्रहरी खोरमा

उदयपुर, ४ बैशाख । प्रहरीको ७० हजार रुपैयाँ चोरी गरेको आरोपमा एक प्रधानाध्यापक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका हवल्दार सुरेन्द्रप्रसाद लम्सालले सोमबार राष्ट्रिय बाणिज्य बैंक गाईघाट शाखामा जम्मा गर्न लगेको ७० हजार रकम प्रधानाध्यापक श्रीप्रसाद चौधरीले लिएर हिँडेको आरोपमा उनी पक्राउ परेका हुन् । चौधरी
उयदपुरको रौतामाई गाउँपालिका ८ स्थित जनता प्रावि गुराँसेका प्रधानाध्यापक हुन् ।

लम्सालले छेउमा पैसा राखेर भौचर भर्ने क्रममा चौधरीले पैसा लिएर हिडेका थिए ।

सिसिटिभी फुटेजका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । चौधरीमाथि चोरी मुद्दामा कारबाही अघि बढाइएको उदयपुर प्रहरीले जनाएको
छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage