scheduleबुधवार भाद्र ४ गते, २०७६

च्याम्बरमा बच्चा ल्याउन महिला सदस्यलाई अधिकारः अमेरिकी सिनेट

एजेन्सी, ६ वैशाख । अमेरिकी सिनेटले एउटा नयाँ कानून पारित गरेको छ । उक्त कानूनअन्तर्गत अब कुनै पनि महिला सिनेट सदस्यहरु मतदान गर्न आउँदा आफ्ना शिशुलाई चेम्बरमा लिएर आउन सक्नेछन् ।

बहालवाला सिनेट सदस्य ट्याम्मी डकवर्थले हप्तादिन अघि बच्चा जन्माएपछि यस्तो कानून आएको हो ।

ट्याम्मीले सिनेटमा आफ्नो संवैधानिक जिम्मेवारीहरु बहन गरिरहँदा कसरी आफ्नो नयाँ जन्मेको बच्चाको ध्यान पुर्‍याउने भन्ने चिन्ता व्यक्त गरेकी थिइन् ।

सिनेटरहरुले आफूहरुका लागि परिवारमैत्री नीति अपनाएर चल्न महत्वपूर्ण हुने बताएका थिए ।

उक्त नयाँ कानून सिनेटमा सर्वसम्मतले पारित भएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage