scheduleमगलवार कार्तिक ११ गते, २०७७

कम्प्युटर सिक्दै वडा अध्यक्ष र उपाध्यक्षहरू

रुकुम, ६ वैशाख । सरकारले अधिकांश सरकारी कामकाजका लागि कम्प्युटर प्रणालीको सुरुवात गरेपछि रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाका वडाध्यक्षहरु धमाधम कम्युटर सिक्दैछन् ।

वडाबाट हुने सिफारिस, निवेदनलगायतका काम अहिले कम्प्युटरबाट गर्न लागिएको हो । वडाअध्यक्षहरु प्रविधिमा कमजोर भएपछि गाउँपालिकाले नै वडाध्यक्षहरुलाई प्रविधिका बारेमा जानकारी गराउने उद्धेश्यले तालिम सञ्चालन गरेको छ ।

वडाध्यक्षहरुसँगै गाउँपालिकामा गठन भएका ६ वटा विषयगत समितिका संयोजक र गाउँपालिका उपाध्यक्षले समेत कम्प्युटर सिकिरहेका छन् ।

तालिममा सहभागी १० वडाध्यक्ष, ६ विषयगत समितिका संयोजक र गाउँपालिका उपाध्यक्ष गरी १७ जनाले माइक्रोसफ्ट अफिस, एक्सल, प्रिन्ट गर्ने विधि लगायतका प्राविधिक शिक्षा पढिरहेका छन् । उनीहरुले अफिसलाई आवश्यक प्राविधिक ज्ञानका सिक्न लागेका हुन् ।

प्रविधिको प्रयोग गरेर सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्धेश्यले आधारभूत कम्प्युटर तालिमको आयोजना गरिएको र त्यसबाट वडाअध्यक्ष तथा उपाध्यक्षहरुले पुर्ण रुपमा ज्ञान लिन सक्ने गाउँपालिका अध्यक्ष धर्मबहादुर केसी जानकारी दिएका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay