scheduleशुक्रवार आषाढ़ १९ गते, २०७७

बजेटबारे बाबुरामको विचार- आर्थिक समृद्धिमा जोद दिने सबै एकठाउँमा उभिनुपर्छ

काठमाडौं, २७ वैशाख । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले आज संघीय संसद्मा प्रिबजेटमाथिको छलफलमा भाग लिएर आफ्नो सुझाव प्रस्तुत गरेका छन् ।

अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा प्रस्तुत गरेको विनियोजन विधेयक-२०७५ माथिको सिद्धान्त र प्राथमिकताबारे आफ्ना भनाई राख्नु अगाडि डा.भट्टराईले पृथ्वीनारायण शाहदेखि भीमसेन थापासम्मलाई सम्झिए । उनले पृथ्वीनारायण शाहदेखि भीमसेन थापासम्मको कालखण्डलाई नेपालको पहिलो कालखण्ड भन्दै त्यो समयबाट अहिलेसम्म दोस्रो कालखण्ड सकिएको र अब तेस्रो कालखण्ड शुरु भएको बताए ।

उनले अबको कालखण्ड आर्थिक समृद्धिको कालखण्ड रहेको भन्दै जुनसुकै विचारधारा बोकेपनि आर्थिक समृद्धिको एजेण्डामा सबै एकै ठाउँमा उभिनुपर्ने र नेपाललाई समृद्ध बनाउन लाग्नुपर्ने उनले बताए ।

उनले बजेटबारे बोल्नु अगाडि संसदलाई लोकतन्त्रको उत्कृष्ट अभ्यास गर्ने थलो बनाउन आग्रह गरे ।

प्रिबजेटमाथि बोल्दै उनले यो खास अवस्थामा पेश गर्न लागिएको बजेट भएकाले भौतिक र सामाजिक पूर्वाधारको विकासमा जोड दिनुपर्ने बताए । संसदमा उनले भने, ‘अबको बजेट हिजोको निरन्तरतामा होइन, यो क्रमभंगको बजेट हो । विकास र समृद्धिको चरणबाट देशलाई समाजवादतर्फ लैजाने बजेट प्रस्तुत हुँदैछ । बजेटमा कुन कुरामा प्राथमिकता आएको भन्ने छुट्याउनुपर्‍यो ।

उनले भने, ‘यसमा सबै कुरा छन् । तर कहाँ के कुरा र कुन कुरामा फोकस हो भन्ने मैले भेग पाउन सकेको छैन ।’  बजेट सबैलाई खुसी पार्नुभन्दा प्राथमिकता छुट्याउनुपर्ने उनले बताए ।

राणाकाल र पञ्चायतकालमा पनि केहि विकास भएको उल्लेख गर्दै उनले अब कछुवा गतीको विकास होईन, फड्काे  हान्ने विकास चाहिएको उल्लेख गरे । अबको बजेट त्यतातर्फ केन्द्रीत हुनुपर्ने उनले बताए ।

वैज्ञानिक र वास्तविक पुँजीवादको जगमा मात्रै समाजवाद आउनसक्छ भन्दै उनले भने,  ‘अब औधोगिक र उत्पादनशील पुँजीवादबाट समाजवाद प्राप्त गर्ने लक्ष्यतर्फ जानुपर्छ ।’

भट्टराईले भौतिक पूर्वाधार रेल, सडक, जल यातायात, जलविद्युत र एयरपोर्ट निर्माणमा जोड दिन आग्रह गरे । उनले पूर्वपश्चिम रेलमार्ग, मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा जलविद्युत् आयोजनाहरु निर्माणलाई प्राथमिकता दिन आग्रह गरे ।

यस्तै समाजिक पूर्वाधार अन्तर्गत शिक्षा क्षेत्र विकासलाई जोड दिन आग्रह गर्दै ७ सय ५३ वटा स्थानीय तहमा प्राविधिक शिक्षालय खोल्ने योजना अघि बढाउन भट्टराईले जोड दिए । उनले भने,  ‘प्राविधिक जनशक्ति नभई देश बन्दैन, पूर्वाधार पछि शिक्षालाई जोड दिनुपर्छ । यसले नै देशलाई समृद्वितर्फ लैजान्छ ।’

भट्टराईले कृषि क्षेत्रको विकासका लागि ठूला नदीहरुबाट मेगा प्रोजेक्टमारुपमा सिंचाई योजनालाई अघि बढाउनुपर्ने बताए । सिंचाइ र कृषिको विकासले नै देशमा क्रान्ति आउने उनले बताए । त्यसैगरी पर्यटन, उद्योग र स्वरोजगारको विकासका लागि पनि बजेटले सम्बोधन गर्नुपर्ने उनले बताए ।

उनले पटक पटक जाेड दिंदै भने, ‘अर्थमन्त्रीले सबैलाई खुसी पार्ने गरी वितरणमुखी ढंगले बजेट नल्याई मुख्य प्राथकिता क्षेत्र तोकेर बजेट निर्माण गर्नुपर्छ ।’

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय