scheduleशुक्रवार आषाढ़ २६ गते, २०७७

कोरिया शिखर वार्ता अघि अमेरिकी समकक्षीसँग भेट्दै दक्षिणी विदेश मन्त्री

एजेन्सी, २७ वैशाख । दक्षिण कोरियाका विदेश मन्त्रीले आफ्नो अमेरिकी समकक्षी माइक पोम्पियोलाई पहिलोपटक शुक्रबार भेट्दैछन् । उक्त भेटवार्तामा दुई देशका प्रमुखहरुबीच मे अन्तिम सातातिर हुने शिखर वार्ताको वातावरण तयार गरिने अपेक्षा गरिएको दक्षिण कोरियाको विदेशमन्त्रालयले आफ्नो विज्ञप्तिमा भनेको छ ।

उक्त भेटवार्तामा दक्षिणका विदेशमन्त्री काङ क्युङ ह्वाले पछिल्लो महिनामा दुई कोरियाली राष्ट्रप्रमुखबीच भएको भेटवार्ताको नतिजाबारे उनको समकक्षीलाई ब्रिफीङ गर्ने बताइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिणका राष्ट्रपति मुन जेइ इनबीच वासिङटनमा आगामी मे २२ मा शिखर भेटवार्ता हुने तयारी छ । त्यसको छोटो समयपछि नै ट्रम्पले उनका उत्तरका समकक्षी किम जोङ उनसँग भेट्ने अपेक्षा गरिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय