scheduleशनिवार आश्विन ४ गते, २०७६

इच्छा मृत्यु राेजेका १०४ वर्षीय अष्ट्रेलियन वैज्ञानिकको निधन

२७ वैशाख । इच्छामृत्यु रोजेका अष्ट्रेलियाका एक वैज्ञानिकको निधन भएको छ ।

१ सय ४ वर्षका वैज्ञानिक डेभिड गुडअलले इच्छा मृत्युका लागि १० दिनअघि अष्ट्रेलियाबाट स्विजरल्याण्ड गएका थिए । आफू बाँच्नुको औचित्य सकिएको भन्दै गुडअलले इच्छामृत्यु रोेजेका थिए । स्विजरल्याण्डको एक क्लिनिकमा उनलाई सोडियम पेन्टोबार्बिटल नामक औषधि दिइएको थियो ।

निश्क्रिय भएर बाँच्न नचाहेका गुडअल अष्ट्रेलियामा इच्छा मृत्युको प्रावधान नभएकाले स्विजरल्याण्ड पुगेको बताइएको छ । वनस्पतिविद् गुडअल आफ्नो जीवनको उत्तरार्धमा पनि निकै सक्रिय थिए ।

केही समययता हिँडडुल गर्नको लागि समेत अरुको सहायता लिनु परेपछि उनले आफ्नो स्वतन्त्रता गुमेको भन्दै इच्छा मृत्यु रोजेका हुन ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage