scheduleमगलवार कार्तिक ११ गते, २०७७

रातो मच्छिन्द्रनाथको यात्राका विषयमा आज विचारपूजा

फाइल फोटो

काठमाडाैं, २ जेठ ।  रातो मच्छिन्द्रनाथको यात्राका विषयमा बुधबार ललिपुरको बुङ्मतीमा विचार पूजा गरिँदै छ । के कसो भयो भनेर जान्न पूजा गर्न लागिएको हो ।

वैशाख ३० गते जावलाखेलमा भोटोजात्रा सम्पन्न गरिएपछि नाथलाई तामदानीमा राखेर जावलाखेलबाट बुङ्मति लगिएको थियो ।

छ महिनासम्म पाटनको तःवहाल मन्दिरमा रहेर रथयात्रासहित भोटो देखाउने कार्य सम्पन्न भएपछि ६ महिना बुङ्मतीमा रहनुपर्ने भएकाले यात्रामा नाथलाई के कसो भयो भनेर समीक्षा गर्ने प्रचलन अनुरूप विचार पूजा हुने गरेको गुठी संस्थान पाटन शाखा प्रमुख शैलेन्द्र पौडेलले जानकारी दिएको छ ।

नाथलाई अब छ महिनापछि मात्र पाटन तःवहाल ल्याइने छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay