scheduleबिहिवारफाल्गुन २० गते, २०७७

कर्नाटक चुनावः त्रिशंकु विधानसभा, सत्ताको चाबी जनता दलले पाउने सम्भावना

एजेन्सी, २ जेठ । सुरुवातबाट नै खिचातानी र अलमलमा फसेको कर्नाटक चुनावको नतिजाले अन्यौलता थप बढाउने देखिएको छ । भारतीय जनता पार्टी सबैभन्दा ठूलो दल त बन्यो तर बहुमत भने प्राप्त गर्न सकेन । कंग्रेस दोस्रो र जनता दल जेडिएस तेस्रो भएको छ । भाजपाले एक्लै १०४ सिट, कंग्रेसले ७८ र जेडिएस दलले ३८ सिट प्राप्त गरेको छ । त्यहाँ त्रिशंकु विधानसभाको नतिजा आएको छ ।

त्रिशंकु विधानसभा भएको स्थितिमा सत्ताको चाबी प्राप्त गर्नसक्ने दल पूर्व प्रधानमन्त्री एचडी देवगौडाको पार्टी जनता दल जेडिएस हुनसक्ने देखिएको छ । जेडिएस केरेला र कर्नाटकको प्रान्तीय दल हो । यसैबीच कंग्रेसले त्यहाँ जेडिएसलाई समर्थन गर्ने घोषणा गरेपछि त्यहाँ राजनीतिक सरगर्मी थप बढेको छ ।

जेडिएसका नेता एचडी कुमारस्वामीले राज्यपासँग भेट्ने समय माग गरेका छन् । उनले राज्यपाललाई लेखेको पत्रमा सरकार बनाउनका लागि कांग्रेसको समर्थन आफ्नो दलले स्वीकार गरेको उल्लेख गरेका छन् ।

तर अर्कोतर्फ भाजपाका नेता येदियुरप्पाले एक पत्रकार सम्मेलनमा कर्नाटकले कंग्रेसलाई खारेज गरेको र कंग्रेस मुक्त कर्नाटक चाहेको बताएका छन् । खारिज भएपछि पनि कंग्रेस सत्तामा टाँसिन प्रयास गरिरहेको उनले बताए ।

हार स्वीकार गर्दै कर्नाटकका मुख्यमन्त्री तथा कंग्रेस नेता सिद्धारमैयाले राज्यपाललाई आफ्नो राजीनामा सुम्पेका छन् ।

राज्यको २२४ सदस्यीय विधानसभामा २२२ सिटका लागि १२ मेमा मतदान भएको थियो ।

कर्नाटकको विधानसभा चुनावले नरेन्द्र मोदीको ‘जादू’ र ‘हिन्दुत्व कार्ड’को प्रभावले चुनावी नतिजा आफ्नो पक्षमा पार्ने साबित गरेको विज्ञहरुले बताएका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay