scheduleबुधवार आश्विन ६ गते, २०७८

विमान दुर्घटनामा १३ लाखको खाद्यान्न नष्ट

हु

म्ला, ४ जेठ । यही जेठ २ गते सुर्खेतबाट सिमिकोट आउँदै गरेको कार्गो विमान दुर्घटना हुँदा स्थानीय व्यापारी गीता खड्काको १३ लाख बराबरको खाद्यान्न नष्ट भएको छ ।

जहाजमा व्यापारी खड्काको चाउचाउ, धूलो दूध, पेय पदार्थ लगायत खाद्य सामग्री रहेको उनले जानकारी दिए ।

सुर्खेतबाट हुम्लाका लागि खाद्यान्न लिएर आएको मकालु एयरको उक्त जहाज हुम्लाको खार्पुनाथ गाउँपालिकाको वामनखर्क भन्ने ठाउँमा दुर्घटनाग्रस्त हुँदा चालकदलका दुई सदस्यको समेत निधन भएको थियो ।
रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय