scheduleशनिवार आषाढ़ २७ गते, २०७७

अपहरित आफ्नो महिला नागरिकलाई फिर्ता दिन उत्तर कोरियाद्वारा दक्षिणलाई माग

एजेन्सी, ७ जेठ । उत्तर कोरियाले दक्षिण कोरियासँग दुई वर्ष अघि उसको गुप्तचर निकायले अपहरण गरेका आफ्नो देशको महिलाहरुलाई फिर्ता गर्न माग गरेको छ ।

पछिल्लो महिना पान्जिमुनमा आयोजना भएको अन्तर कोरियाली शिखर वार्तामा दुई देशका नेताहरुले मानव अधिकारका मुद्दाहरुलाई सम्वोधन गर्ने प्रतिबद्धताका साथ संयुक्त विज्ञप्ती जारी गरेका थिए । यसैमा आधारित रहेर उत्तरले दक्षिणसँग यो माग राखेको उत्तर कोरियाको रेड क्रस सोसाइटी केन्द्रीय कमिटिका प्रवक्तालाई उद्धृत गर्दै कोरियाली केन्द्रीय समाचार एजेन्सीले बताएको हो ।

ती प्रवक्ताले भने, ‘उक्त अपराधमा संलग्न भएका मानिसहरु र पीडितहरुको अन्तरवार्ताबाट ती महिलाहरु जबरजस्ती कठपुतली गुप्तचर संस्थाले अपहरण गरेको प्रमाणित हुन् ।’

पियोङग्याङका अनुसार १२ जना उत्तरका महिलाहरुलाई दुई वर्ष अघि तेस्रो मुलुकबाट अपहरण गरिएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय