scheduleसोमवार आश्विन १२ गते, २०७७

अर्थमन्त्री भेट्न पुगे कर्मचारी, तलव वृद्धिबारे यसो भन्छन् खतिवडा

काठमाडौं, १० जेठ । सरकारले बजेट सार्वजनिक गर्ने मिति नजिकिँदै जाँदा कर्मचारीहरुले तलब बढाउन माग गरिरहेका छन् ।

निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनले अर्थमन्त्री डाक्टर युवराज खतिवडालाई भेटी कर्मचारीको तलब वृद्धिको लागि दबाव दिएको हो ।

युनियनले अर्थमन्त्री खतिवडालाई १८ बुँदे ज्ञापनपत्र समेत बुझाएको छ ।  उक्त ज्ञापन पत्रमा उनीहरुले कार्यालय सहयोगीको ३० हजार र मुख्य सचिवको तलब मासिक डेढ लाख बनाउनु पर्ने माग राखेका छन् । साथै उनीहरुले पोशाक भत्ता बृद्धिको समेत माग गरेका छन् ।

उक्त भेटका क्रममा पुर्व गर्भनर समेत रहेका खतिवडाले आफूपनि पूर्व कर्मचारी भएको भन्दै कर्मचारीको समस्या आफूले बुझ्ने बताएका थिए  । उनले  कर्मचारी ट्रेढ युनियनको मागमा आफू सकारात्मक रहेको तर राज्यको ढुकुटीमा अर्थ  अभाव भएको समस्या देखाएका छन् ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय