scheduleबुधवार जेष्ठ १४ गते, २०७७

दुर्घटनाग्रस्ट विमानको दोस्रो ब्ल्याक बक्स भेटियो

एजेन्सी, ११ जेठ । पछिल्लो शुक्रबार दुर्घटनाग्रस्त भएको क्युबाको बोइङ ७३७ विमानको अर्को ब्ल्याक बक्स खोजी टोलीले फेला पारेको त्यहाँको राज्य सञ्चालित टेलिभिजनले बिहीबार बेलुका बताएको छ । यस अघि टोलीले ककपिट भ्वाइस रेकर्डर फेला पारिसकेको छ ।

स्थानीय प्रत्यक्षदर्शीहरुको बयान र दुर्घटना हुँदै गरेको समयमा उनीहरुले लिएको भिडियो फुटेजको सहयोगबाट दोस्रो फ्लाइट डाटा रेकर्डर फेला परेको हो । उक्त ब्ल्याक बक्सले ४० वर्ष पुरानो विमान टेकअफको छोटो समयमा नै कसरी दुर्घटना हुन पुग्यो भन्ने वास्तविक कुरा बाहिर ल्याउने बताइएको छ ।

Dish_Home

उक्त विमानमा सयजना क्युबाका नागरिक, सात मेक्सिकन, दुई अर्जेन्टिनेली नागरिक र दुई सहरावीहरु सवार थिए । उक्त दुर्घटनामा पर्नेहरुमा हाल दुई क्युबाका महिलाहरु मात्र जीवित अवस्था छन् । उनीहरु हाल उपचार गराइरहेका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय