scheduleबुधवार मंसिर २५ गते, २०७६
Bajaj
Global IME

जहाँ नवविवाहित दम्पत्तिलाई तीन दिनसम्म शौचालय जान दिईंदैन

एजेन्सी, १२ जेठ । संसारमा विवाहसँग सम्बन्धित विभिन्न परम्पराहरु छन् । कतिपाय रीतिरिवाज यस्ता हुन्छन् जुन हाम्रा लागि विश्वास गर्न पनि मुस्किल हुन्छ । यस्तै किसिमको आश्चर्यचकित पार्ने वैवहिक संस्कार इन्डोनेशियाका टीडांन्ग समुदायमा पाइन्छ ।

टीडांन्ग समुदायमा विवाह भएको तीन दिनसम्म बेहुला बेहुली शौचालय जान पाउँदैनन् । त्यहाँ नवविवाहितहरुले शौचालय जानु अशुभ मानिन्छ । स्थानीय समुदायको अनुसार विवाह एक पवित्र समारोह हो । यस्तो बेला शौचालय जानाले त्यसको पवित्रता समाप्त हुन्छ । शौच गर्नाले बेहुला बेहुली अशुद्ध हुन्छन् । मानिसहरु बेहुला बेहुलीलाई नराम्रो नजरबाट बचाउनलाई पनि त्यहाँ त्यस्तो संस्कार मानिन्छ ।

टीडांन्ग समुदायको विश्वास र बुझाई छ- शौचालय धेरै मानिसहरुले प्रयोग गरेका हुन्छन् र आफ्नो शरीरको फोहोर त्यहाँ निकाल्छन् । यसकारण त्यहाँ नकरात्मक शक्तिहरु फैलिएको हुन्छ । विवाहपछि तत्काल शौचालय जाँदा त्यहाँको नकरात्मकता नवविवाहितमा पनि आउने आशंका समुदायको छ । जसको कारण दम्पत्तिको सम्बन्धमा खतरा आउन सक्छ ।

त्यस परम्परालाई धान्ने क्रममा बेहुला बेहुलीमा कुनै समस्या नआओस् र दुवैले शौचालय प्रयोग नगरुन् भनेर बेहुला बेहुलीको एकदमै ख्याल राखिन्छ ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage