scheduleमगलवार कार्तिक २६ गते, २०७६

राशिद खानबारे सचिन र शेन वार्नले के भने ?

काठमाडौं, १२ जेठ । अफगानिस्तानका स्पिनर राशिद खानले आफ्नो शानदार प्रदर्शनका कारण सनराइजर्स हैदराबादलाई आइपीएल २०१८ को फाइनलसम्म पुर्‍याए । आइपीएल २०१८ को दोस्रो क्वालिफायरमा हैदराबादले कोलकत्तालाई १३ रनले पराजित गर्दै फाइनलमा स्थान बनायो । फाइनलमा आइतबार २७ मे मा मुम्बईको वानखेडे स्टेडियमा हैदराबादको भिडन्त चेन्नईसँग हुनेछ ।

गए राति भएको खेलमा पनि रासिद खान चम्के । ब्याटिङ तर्फ उनले १० बलमा ४ छक्का र २ चौकाको मदतमा ३४ रन बनाए भने बलिङ तर्फ पनि उनले सानदार प्रदर्शन गरे । ४ ओभर बलिङ गरेका राशिदले १९ रन खर्चिँदै ३ विकेट लिए । त्यस्तै उनले २ क्याच र एक रन आउट समेत गरे ।

यतिबेला राशिदको अलराउंड प्रदर्शनले चर्चा र प्रशंसा दुवै पाएको छ । सचिन तेन्दुलकर र शेन वार्न जस्ता क्रिकेटका हस्तीले उनको खुलेरै प्रशंसा गरेका छन् । सचिनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘मलाई लाग्थ्यो कि राशिद खान एक राम्रो स्पिनर हुन् । तर, अब यो भन्न कुनै हिच्किचाहट हुन्न कि उनी टी-ट्वान्टी फर्म्याटमा सबैभन्दा राम्रो स्पिनर हुन् । अझ उनीसँग ब्याटिङ गर्ने पनि क्षमता छ । शानदार खेलाडी ।’

उता शेन वार्नले ट्वीट गर्दै लेखेका छन्, ‘मलाई आइपीएलमा फरक-फरक प्रकारका लेग स्पिनर हेर्न मन पर्छ । तर, ठूला म्याचमा राशिद खानको बलिङले मलाई गौरवान्वित गरिरहेको छ । राशिद खानलाई आइपीएल र दबाबसँग माया छ ।’

यो सिजनमा रासिदले १६ म्याचमा २१ विकेट लिएका छन् ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage