scheduleबुधवार आषाढ़ ३१ गते, २०७७

अधिकारी र पन्तलाई दयाराम परियार स्मृति पुरस्कार प्रदान

ललितपुर । यस वर्षको दयाराम परियार स्मृति पुरस्कार मानव सेवा आश्रमका रामजी अधिकारी र प्रेस स्वतन्त्रता सेनानी प्रेमकुमारी पन्तलाई प्रदान गरिएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगको अठारौं स्थापना दिवशको अवसरमा आज ललितपुरमा आयोजित समारोहमा अधिकारी र पन्तलाई दयाराम परियार स्मृति पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशी एक लाख रुपैयाँ छ । अधिकारकर्मी परियारको सम्मानमा राष्ट्रिय मानव अधिकार आयोगले विगत सात वर्षदेखि प्रदान गर्दै आएको सम्मानलाई यस वर्षदेखि पुरस्कारमा रुपान्तरण गरिएको हो ।

यो सम्मान यसअघि अधिकारकर्मीहरु दुर्गा घिमिरे, चरिमाया तामाङ, टेकनाथ बराल, चन्द्रकिशोर झा, डा.शिवमाया तुम्वाहाङफे, बलदेव राम, मातृका देवकोटा, श्यामसुन्दर शशी, नजवुल खान र विद्या राजभण्डारीलाई प्रदान गरिएको थियो ।

राष्ट्रिय मानव अधिकार आयोगका मानव अधिकार रक्षक दयाराम परियारको २ हजार ६२ साल चैत्र ११ गते जनकपुरमा मानव अधिकार अवस्था अनुगमनकै क्रममा प्रहरीको गोली लागेको थियो । अधिकारकर्मी परियारले उपचारकै क्रममा २०६२ चैत्र १५ गते शिक्षण अस्पताल महाराजगंजमा सहादत प्राप्त गरेका थिए ।

स्व. दयाराम परियार

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय