scheduleशनिवार कार्तिक २ गते, २०७६

नयाँ शक्ति कोरियाको विशेष भेला, सुरेन्द्रको संयोजकत्वमा बन्यो आयोजक समिति

कोरिया, १३ जेठ । नयाँ शक्ति पार्टी, नेपालको प्रवास संगठन अन्तराष्ट्रिय नेपाली समाज दक्षिण कोरियाको केन्द्रीय विशेष भेला सम्पन्न भएको छ । लुम्बिनीमा सम्पन्न संघीय परिषदको चौथो विस्तारित बैठकले पारित गरेको निर्णयलाई कार्यन्वायनमा लैजान कोरियामा विशेष भेला आयोजना गरिएको आयोजकले जनाएको छ । उक्त भेलाले सुरेन्द्र बजगाईंलाई सर्वसम्मतले संयोजक चयन गरेको छ ।

नयाँ शक्ति पार्टी संघीय परिषद सदस्य तथा एसिया प्यासिफिक संयोजक मिलनकान्छा किराँती, आईएनएस कोरिया सल्लाहकार तथा एनआरएन आईसीसी सदस्य लोचन चाम्लिङ्, समाजसेवी तथा आईएनएस सल्लाहकार भक्त शेरचनलगायतको आतिथ्यमा सम्पन्न उक्त भेलाले सहसंयोजकमा जीवन विश्वकर्मा, सचिवालय, कार्यालय यज्ञमुर्ति पोखरेल, प्रचार-प्रसारमा डोलु आले मगर र आर्थिक व्यवस्थापनमा दावाछिरिङ तामाङलाई जिम्मेवारी प्रदान गरेको छ ।

संगठनको सम्पूर्ण क्षेत्रीय भेला सम्पन्न गर्दै आगामी सेप्टेम्बर २४ तारिख केन्द्रीय अधिवेशन सम्पन्न गर्नेगरी १०१ सदस्यीय आईएनएस कोरिया केन्द्रीय अधिवेशन आयोजक समिति गठन गरिएको संयोजक बजगाईंले जानकारी दिए ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage