scheduleमगलवार आषाढ़ २३ गते, २०७७

ट्रम्प र किमबीचको शिखर वार्तामा दक्षिण कोरियाली राष्ट्रपति उपस्थित हुने सम्भावना

एजेन्सी, १४ जेठ । दक्षिण कोरियाका अधिकारीहरुले राष्ट्रपति मुन जेइ इन पनि ट्रम्प र किमबीचको सम्भावित शिखर वार्तामा सहभागी हुनसक्ने बताएका छन् ।

ट्रम्प र किमबीच हुने शिखर वार्ता अघिको प्रगतीले वार्तामा मुनको सहभागितालाई निर्धारण गर्ने दक्षिणको राष्ट्रतपिय कार्यालय ब्ल्यु हाउसले जानकारी दिएको छ ।

उक्त शिखर वार्ता आगामी जुन १२ को लागि सिंगापुरमा तय गरिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त वार्तालाई एकपक्षीय रुपमा रद्द गरेपछि त्यो वार्ता अनिश्चित हुन गएको हो । तर हाल दुबै पक्ष वार्तालाई यथावत् स्थितीबाट सुरु गर्न कसरत गरिरहेका छन् ।

यसैबीच आइतबार राष्ट्रपति ट्रम्पले उत्तरसँगको आफ्नो सम्भावित वार्ताका लागि तयारी गर्न अमेरिकी प्रतिनिधिहरु उत्तर कोरिया पुगेको बताएका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय