scheduleबिहिवार आश्विन ८ गते, २०७७

तलब नबढेपछि कर्मचारी रूष्ट

काठमाडौं, १५ जेठ । सरकारले आज प्रस्तुत गरेको बजेट अनुसार सरकारी तथा निजामति कर्मचारीहरुको महंगी अनुसार तलब बृद्धि नभएको भन्दै असन्तुष्टि जनाएका छन् । उनीहरुले आफ्नो तलव वृद्धि नभएको र पोशाक भत्ताको बृद्धिमा समेत चित्तबुझ्दो बताएका छन् ।

निजामती कर्मचारीको आधिकारीक ट्रड यूनियनका अध्यक्ष पुन्यप्रसाद ढकाल सरकारले कर्मचारीलाई झुक्याएको भन्दै हचुवाको भरमा सरकारले वृद्धि गरेको एक हजार महंगी भत्ताले केही पनि हुन नसक्ने बताएका छन् ।

उनले अर्थमन्त्री डा.युवराज खतिवडाले आर्थिक वजेट पेश गर्नुअगावै कर्मचारीहरुले भेट गरी कर्मचारी तवल वृद्धि गर्न माग गरेकोमा उनले तलब पुनरावलोकनका लागि आयोग गठन गरिने जानकारी दिएको बताए । तर अहिले महंगी भत्ता पनि कम भएको र पोशाक भत्ता पनि १५ हजार रुपैयाँ माग गरेकोमा बजेटमा १० हजार मात्रै छुट्याइएकोप्रति असन्तुष्टि व्यक्त गरे । उनले भने, १० हजारमा बढीमा दुर्इ जोर कपडा आउँछ, एक वर्ष कसरी धान्नु ?’

बीमा एक लाखबाट २ लाख पुर्‍याएकोमा त्यसले आफुहरुलाई ठूलो फाइदा नहुने भन्दै महंगी भत्ता एक हजार रुपैयाँबाट २ हजार पुगेपछि अवकाशप्राप्त कर्मचारीको हकमा पेन्सन नबढ्ने भएकाले त्यसमा पनि सरकारले ध्यान नदिएको उनको आरोप छ । सरकारले महंगी भत्ता एक हजारबाट २ हजार पुर्‍याएको छ भने पोशाक भत्ता ७५ सयबाट १० हजार पुर्‍याएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय