लियोनल मेस्सीको ह्याट्रिकसँगै अर्जेन्टिनाको सानदार जित
एजेन्सी, १६ जेठ । अन्तराष्ट्रिय मैत्रीपुर्ण खेलमा अर्जेन्टिनाले हाइटीलाई ४-० गोलले पराजित गरेको छ ।
बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले ह्याट्रिक गरेका थिए ।
विश्वकपको तयारीमा जुटेको अर्जेन्टिनाका लागि लियोनल मेस्सीले खेलको १७, ५८ र ६६ औ मिनेटमा गोल गरेका थिए ।
खेलको ६९ औ मिनेटमा सर्जियो अगुइरोले गोल गरे ।
यो जितसँगै अर्जेन्टिनाले लागि बलियो तयारी गरेको प्रतिक्रिया दिएको छ । सन् २०१४ को विश्वकप उपविजेता अर्जेन्टिना यसपटक भने विश्वकप उपाधि जित्ने दाउमा रहेको छ ।