विश्वकप पुर्व रसियाको खराब खेल प्रदर्शन जारी, अष्ट्रियासँग पनि पराजित
एजेन्सी, १७ जेठ । अन्तराष्ट्रिय मैत्रीपुर्ण खेलमा विश्वकप आयोजक देश रसिया अष्ट्रियासँग १-० गोलले पराजित भएको छ ।
अष्ट्रियाका लागि एकमात्र गोल एलिसान्द्रोले खेलको २८ औ मिनेटमा गरेका थिए ।
सन् २०१८ को विश्वकप आयोजना गर्न गइरहेको रसियाले पछिल्लो समय कमजोर खेल प्रदर्शन गर्दै आइरहेको छ ।
विश्वकपमा कस्तो खेल प्रदर्शन गर्ने त्यो भने सबैको चासोको विषय बनेको छ ।