scheduleबिहिवारबैशाख ९ गते, २०७८

घानासँग जापान पराजित

एजेन्सी, १७ जेठ । अन्तराष्ट्रिय मैत्रीपुर्ण खेलमा जापान घानासँग २-० गोलले पराजित भएको छ । विश्वकपका लागि तयारी गरिरहेको जापानकालाई यो हारले झट्का लागेको छ ।

पहिलो मिनेटदेखि नै घानाले जापानलाई दबाबमा राखेको थियो ।

जापानले केही अवसर सिर्जना गरेतापनि गोल गर्न भने सकेन । घानाका लागि थोमसले खेलको ९ औ मिनेटमा गोल गरे । खेलको ५१ औ मिनेटमा इमानुयल बोयटिङले गोल गरे ।

विश्वकपको ग्रुप एचमा रहेको जापानले सेनेगल, कोलम्बिया र पोल्याण्डसँग आमनेसामने गर्नेछ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay