scheduleसोमवार जेष्ठ १२ गते, २०७७

किम ट्रम्पको वार्ता अघि रुसी विदेशमन्त्री आज उत्तर कोरियाको भ्रमणमा

एजेन्सी, १७ जेठ । रसियाली विदेश मन्त्री सेर्गेई लेभरोभले आज बिहीबार उत्तर कोरियाको भ्रमण गर्ने रसियाली विदेश मन्त्रालयले बताएको छ । लेभरोभले उत्तर कोरियाली समकक्षी रि योङ होसँग कोरियाली प्रायद्वीपको अवस्थाबारे छलफल गर्ने बताइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र नेता किम जोङ उनबीचको शिखर वार्ता अघि हुने रसिया र उत्तरबीचको यो वार्ताले निशस्त्रीकरणको योजनामा उत्तरको स्थान र अवस्था थाहा पाउन मद्दत पुर्‍याउने बताइएको छ ।

Dish_Home

लेभरोभले भने,‘कोरियाली प्रायद्वीप सम्बन्धित मुद्दामा हाम्रो छिमेकी मुलुक उत्तर कोरियाको धारणा र अवस्था कस्तो छ त्यो बुझ्न हाम्रो लागि फाइदाजनक छ ।’
लेभरोभले किम र ट्रम्पबीचको वार्ता गाली र आरोपको आदान प्रदान नहोस् भन्ने आफुले अपेक्षा राखेको बताए । उनले उक्त वार्ता बदलाको भावनामा गएर नटुंग्योस् भन्ने अपेक्षा रहेको पनि बताए । साथै उनले दुई देशबीचको बद्लिँदो सम्बन्धको आफुले समर्थन गर्ने बताए ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय