scheduleआइतवार आश्विन २६ गते, २०७६
Dashaian

कतारमा एक नेपालीलाई गोली हान्न अदालतको आदेश

दोहा, २१ जेठ । कतारी नागरिकको हत्या अभियोगमा मृत्युदण्डको साजय पाएका एक नेपालीलाई त्यहाँको तल्लो अदालतले गोली हान्ने आदेश दिएको छ ।

कतारी नागरिक उमैर मोहोम्मद उमैर अल रमाजानी अल–नुयमीको हत्या अभियोगमा जेल जीवन विताईरहेका महोत्तरी औरहीका अनिल चौधरीलाई ‘गोली हानेर’ मृत्यदण्ड दिने आदेश आदालतले दिएको हो । कतारको अदालतले नेपालीलाई मृत्युदण्ड दिएको यो पहिलो पटक हो ।

सन् २०१५ अगस्ट २७ मा अनिल रोजगारीका लागि कतार पुगेका थिए । चौधरी परिवारका एक मात्रै सन्तान रहेका २० बर्सिए अनिल बिगत तीन बर्षदेखि कतारस्थित एक कारवास सेन्टरमा काम गर्दै आएका थिए ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage