मैत्रीपुर्ण खेलमा मोरक्को र सर्भिया विजयी
काठमाडौँ, २२ जेठ । अन्तराष्ट्रिय मैत्रीपुर्ण खेलमा मोरक्कोले स्लोभाकियालाई २-१ गोलले पराजित गरेको छ । खेलमा स्लोभाकियाले अग्रता लिएको थियो ।
स्लोभाकियाका लागि जान ग्रिगसले गोल गरेका थिए । तर, त्यसपछि भने मोरोक्कोले सानदार कमव्याक गरेको थियो । मोरोक्कोका लागि काबी र बेलहाण्डाले गोल गरेका थिए ।
गएराति भएको खेलमा सर्विया चिलीसँग एक शुन्यले पराजित भयो । विश्वकपमा स्थान बनाउन नसकेको चिलीले सर्वियालाई स्तब्ध बनाउने क्रममा गुइर्लेमो मरिपनको एकमात्र गोल निर्णायक बन्यो ।