scheduleमगलवार मंसिर २४ गते, २०७६
Bajaj
Global IME

जापानमा विवाह र गर्भवती हुन कार्यालयको अनुमति आवश्यक

एजेन्सी, २३ जेठ । विवाह गर्नु र आमा बन्न पाउनु एउटी महिलाको नैसर्गिक अधिाकार हो । यसका लागि महिला र उसको पार्टनरबीच समझदारी भएमा तेस्रो व्याक्तिले अवरोध पुर्याउन सक्दैन तर जापानमा महिलाहरुको लागि फरक व्यवस्था छ ।

जपानमा विवाह वा बच्चा जन्माउने जस्ता महत्वपूर्ण फैसलाका लागि श्रीमान् श्रीमतीबीच भन्दा पनि महिला कार्यरत कार्यालयको प्रमुखबाट अनुमति लिनुपर्छ । यस्तो व्यवस्था तब सार्वजनिक भयो जब एक महिला कर्मचारीले गर्भवती भएपछि आफ्नो कार्यालयको बोसबाट गुनासोहरु सुन्नु पर्‍यो । यति मात्र होइन ती महिलाले गर्भवती भएकै कारणले आफ्नो बोससँग माफी पनि माग्नु पर्‍यो । बोसको त्यस्तो नराम्रो व्यवहारबारे महिलाका श्रीमानले जानकारी दिएका थिए ।

श्रीमानका अनुसार उनकी श्रीमती काम गर्ने कार्यलयमा विवाह वा गर्भवती बन्न अघि अनुमति लिनुपर्ने सूचना सबै कर्मचारीहरुका लागि दिइएको थियो ।

उक्त कार्यलयको नियम अनुसार वरिष्ठताको आधारमा कर्मचारीहरुले विवाहको अनुमति पाउँछन् । त्यो मामिला सार्वजनिक भएपछि अन्य धेरै महिलाहरुले आफ्नो समस्या सुनाउन सुरु गरेका थिए ।

२६ वर्षकी जोकी टोक्यो लगायत उनको कार्यलयमा काम गर्ने २२ जना महिलाहरुले आफ्नो विवाहबारे इमेल मार्फत कार्यलयलाई खबर गरे । उनीहरुले विवाह त गर्न पाए तर कार्यलयले उनीहरुलाई ३५ वर्षसम्म गर्भवती हुन बन्देज लगायो ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage