scheduleबुधवार कार्तिक ६ गते, २०७६
Global IME Bank

शिवाजी रावबाट रजनीकान्तसम्म आइपुग्दाका रहस्यहरू

एजेन्सी, २४ जेठ । बलिउड सुपरस्टार रजनीकान्तको फिल्म ‘काला’ आजबाट प्रदर्शनमा आएको छ । प्रदर्शनअघि नै बुकिङ हल हाउसफुल भएका छन् । बिहान ४ बजेदेखि सुरु भएको पहिलो शो दिनभर नै हाउसफुल रह्यो । सुपरस्टार रजनीकान्तको नामैले उनी अभिनीत फिल्महरु चल्ने गरेको यसअघिका थुप्रै उदाहरणहरु छन् । फिल्म ‘काला’को पनि त्यस्तै भएको छ ।

रजनीकान्तका फ्यान उनीप्रति यतिसम्म क्रेजी छन् कि उनलाई सेनजगतका भगवान नै मान्ने गर्दछन् । ‘काला’ प्रर्दशनका बेला पनि हलबाहिर उनको तस्बिरमा फ्यानहरुले दूध चढाएका थिए।

रजनीकान्त अहिले सिने जगतका सुपरस्टार हुन् । उनको वास्तविक जीवन पनि चलचित्र भन्दा कम छैन । सन् १९५० मा जन्मिएका रजनीको वास्तविक नाम शिवाजी राव गायकवाड हो । उनका बाबु हवलदार थिए । आमाको निधनपछि पाँच सन्तानमा कान्छो छोरा शिवाजीलाई उमेर बढ्दै जाँदा घरको कमजोर आर्थिक स्थिती महशुस हुन थाल्यो र परिवार सहयोग गर्न उनले मजदुरी गर्न थाले । उनले लामो समय बैगलुरु परिवहन सेवामा कन्डक्टरको काम गरेका थिए ।

रजनीकान्तलाई अभिनयमा निकै रुचि राख्थे । सन् १९७३ मा मद्रास फिल्म ‘इंस्टीट्युट’ काम गरे । निर्देशक के बालाचंदरले उनलाई चलचित्र ‘अपूर्वा रागंगाल’ मा खेल्ने अवसर दिए । छोटो भूमिकामा देखिएपनि रजनीकान्तको अभिनय निकै दमदार थियो । यसले चौतर्फी चर्चा कमायो भने यही चलचित्रबाट उनले राष्ट्रिय अवार्ड पनि प्राप्त गरेका थिए ।

केही तमिल फिल्महरुमा रजनीकान्तले खलनायकको भूमिका निभाएपनि विस्तारै अभिनेताका रुपमा स्थापित हुन पुगे । उनले सबैभन्दा पहिले नायकको रुपमा काम गरेको तेलुगु फिल्म ‘छिलाकाम्मा चेप्पिनडी’ हो । त्यसपछि उनी एकाएक तमिल फिल्म दुनियाँमा स्थापित बने । अहिले उनी भगवानको अर्काे रुप मानिन्छन् ।

चलचित्रमा रजनीलाई मृत्यु भएको भूमिकामा देखाइयो भने फिल्म फ्लप हुने निर्माताहरु बताउँछन् ।

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage