scheduleआइतवारबैशाख ५ गते, २०७८

उरुग्वेको सानदार जित, आइसल्याण्ड र दक्षिण कोरिया बराबरीमै रोकिए

एजेन्सी, २५ जेठ । शुक्रबार बिहान भएको अन्तराष्ट्रिय मैत्रीपुर्ण खेलमा उरुग्वेले उजबेकिस्तानलाई ३-० गोलले पराजित गरेको छ । उरुग्वेका लागि खेलको ३२ औ मिनेटमा आरास्काइटाले गोल गरे ।

खेलको ५४ औ मिनेटमा लुइज स्वारेजले गोल गरे । दुई गोलले अग्रता बनाएको उरुग्वेका लागि खेलको ७३ औ मिनेटमा होसे गिमिनेजले गोल गरे । यो जितसँगै उरुग्वेले विश्वकपमा लागि बलियो तयारी गरेको बताएको छ ।

त्यस्तै दक्षिण कोरियाले बोलिभियासँग गोलरहित बराबरी खेल खेलेको छ ।

आइसल्याण्ड र घानाबिचको खेल दुईदुई गोलको बराबरीमा सकिएको छ । पहिलोपटक विश्वकपमा छनोट भएको आइसल्याण्डले मैत्रीपुर्ण खेलमा दुई गोलको अग्रता जोगाउन असफल भएको थियो ।

आइसल्याण्डका लागि कारी र अल्फ्रेण्डले गोल गरेका थिए । तर, दोस्रो हाफमा घानाले सानदार कमव्याक गरेको थियो । उसका लागि कासिम र थोमसले गोल गरेका थिए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay