scheduleबुधवार श्रावण १ गते, २०७६

विदेशै जानुपर्छ भन्ने मान्यता परिवर्तन गर्न मन्त्री खनालको आग्रह

फाइल तस्बिर

काठमाडौं, २५ जेठ । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले विद्यार्थीलाई पढाई सकेपछि विदेशै जानुपर्छ भन्ने मान्यता परिवर्तन गर्न आग्रह गरेका छन् ।

शुक्रबार थापाथली इञ्जिनियरिङ क्याम्पसका नवप्रवेशी विद्यार्थीको स्वागत र पुराना विद्यार्थीको विदाई कार्यक्रममा उनले कृषि क्षेत्र लगानीको मेरुदण्डका साथै विद्यार्थीका लागि पनि उर्वरक्षेत्र भएको उल्लेख गरे ।

विदेशमा जति समय काम गरिन्छ त्यति समय स्वदेशमा परिश्रम गर्ने हो भने विदेशमा गर्ने आम्दानी भन्दा स्वदेशको आम्दानी दोब्बर हुने मन्त्री खनालले दाबी गरे ।

उनले भने, ‘कृषिलाई पर्यटन, अर्गानिक र जलस्रोतसँग जोडेर व्यावसायिक योजना बनाउनुहोस् सरकार युवाका लागि न्यूनतम ब्याजदरमा कर्जा लगानी गर्न तयार छ ।’

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob