scheduleबिहिवारबैशाख ९ गते, २०७८

पराजित हुनबाट जोगियो फ्रान्स

एजेन्सी, २७ जेठ । गएराति भएको अन्तराष्ट्रिय मैत्रीपुर्ण खेलमा फ्रान्स अमेरिकासँग पराजित हुनबाट जोगिएको छ । अमेरिकाले फ्रान्ससँग एकएक गोलको बराबरी खेल खेलेको हो ।

अमेरिकाका लागि जुलियन ग्रिनले खेलको ४४ औ मिनेटमा गोल गरेका थिए । यसपटकको विश्वकपमा छनोट हुन असफल अमेरिकाले विश्वकप दाबेदार मानिएको फ्रान्सलाई कपडा टक्कर दिएको थियो ।

फ्रान्सका लागि खेलको ७८ औ मिनेटमा काइलियन एम्बाप्पेले गोल गरेका थिए । विश्वका चर्चित स्टार खेलाडीहरुले भरिएको फ्रान्स हार्न बाट उनले जोगाए ।

विश्वकप पुर्व अन्तिम मैत्रीपुर्ण खेल खेलेको फ्रान्स ग्रुप सीमा रहेको छ जहाँ उसले डेनमार्क, पेरु र अष्ट्रेलियासँग आमनेसामने गर्नेछ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay