scheduleमगलवार आश्विन ५ गते, २०७८

अब भाषा परीक्षा पास गरेर मात्र कोरिया जान नपाउने

काठमाडौं, २७ जेठ । दक्षिण कोरिया सरकारले सन् २०१९ पछि भाषा परीक्षाको नतिजाभन्दा सीप र कार्यदक्षताका आधारमा नेपाली युवा माग गर्ने भएको छ ।

हाल कोरियाली भाषा परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेको अवस्थामा युवा कोरिया जान पाउने प्रावधान रहेको छ । अर्को वर्षदेखि सीप, कार्यदक्षता र अन्तर्वार्ताको अंकलाई पनि छनोटको आधार मान्ने तयारी कोरियाले गरेको बताइएको छ । कोरियाली भाषा परीक्षामा मध्यम अंक ल्याएर सीप, कार्यदक्षता र अन्तर्वार्तामा राम्रो नतिजा ल्याए पनि कोरिया जान सक्षम हुनेछ ।

मानव संसाधन विकास बोर्ड(एचआरडी) कोरिया नेपाल शाखाका अनुसार सन् २०१९ देखि रोजगार प्रणाली अन्तर्गतका कोरियाली भाषा परीक्षाको छनोट प्रक्रियामा अंक प्रणाली भनिने नयाँ छनोट प्रक्रिया लागु गरिने योजना रहेको जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय