scheduleसोमवार भाद्र २ गते, २०७६

युएन पार्कमा गुन्डा नाइके लामामाथि प्रहरीले गोली चलायो

काठमाडौं, २८ जेठ । गुन्डा नाइके अशोक लामामाथि प्रहरीले गोली चलाएको छ । पक्राउ गर्न खटिएको प्रहरीको विशेष टोलीले ललितपुरस्थित युएन पार्कमा उनीमाथि गोली चलाएको हो ।

पक्राउ गर्न खोज्दा उनी भागेपछि गोली चलाउन बाध्य भएको प्रहरीले स्रोतले बतायो । उनको खुट्टामा गोली लागेको छ । उनको अहिले वीर अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

गुन्डा नाइके अशोक लामामाथि ज्यान मार्ने उद्योग र सार्वजनिक अपराध अन्तर्गत मुद्दा लागेको छ । उनी प्रहरीको मोस्ट वान्डेट सुचीमा समावेश गुन्डा नाइके हुन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage