scheduleसोमवार आषाढ़ २९ गते, २०७७

सोमबार बढेको बजार एकदिन पनि टिक्न सकेन, आज घट्यो नेप्से


काठमाडौं, २९ जेठ । मंगलबार सेयर बजार परिसूचक नेप्से १.९३ अंकले घटेर १२३९.२६ अंकमा झरेको छ । धेरै दिनपछि मंगलबार बढेको नेप्से एकदिन पनि टिक्न सकेन ।

मंगलबार बजारमा क वर्गका परिसूचकहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.६४ अंकले घटेको छ ।

बजारमा कारोबारमा आएका उत्पादन, फाईनान्स र बीमा समूहको परिसूचकमा सुधार आएको छ । अन्य समूहको परिसूचकमा कुनै परिवर्तन देखिएन भने बाँकी सबै समूहको परिसूचक घटेको छ ।

मंगलबारको बजारमा १६० कम्पनीको ९ लाख ४७ हजार ३९३ कित्ता सेयर ४ हजार ११ पटक खरिदबिक्री हुँदा २९ करोड ९० लाख रुपैंया बराबरको कारोबार भएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय