scheduleआइतवार मंसिर २२ गते, २०७६
Bajaj
Global IME Bank

साउदीद्वारा हुथीविरुद्ध कारावाही सुरु, मानव संकट उत्पन्न हुने सहायता संस्थाको चेतावनी

एजेन्सी, २८ जेठ । साउदी समर्थित सैन्य बलले यमनको प्रमुख बन्दरगाह हुडेडाहमा हमला शुरु गरेको छ । खबरका अनुसार साउदी समर्थित ती सैन्य बलले हुथी विद्रोहीलाई त्यहाँबाट आफ्ना लडाकु फिर्ता लिन तोकिदिएको अन्तिम सयमसिमा वेवास्ता गरेपछि उसले हमला शुरु गरेको हो ।

खाडीका क्षेत्रीय मिडियाहरुको अनुसार विद्रोहीहरुको आधार इलाकामा हवाई तथा जल क्षेत्रबाट बमबारी गरिएको छ ।

सहायता संस्थाहरुले उक्त शहरमा हमला भए लाखौं मानिसहरु हताहत हुने र मानव संकटको अवस्था उत्पन्न हुनसक्ने चेतावनी दिएका छन् ।

उक्त बन्दरगाह मानवअधिकारवादी संस्थाहरु यमन प्रवेश गर्ने मूख्य द्वार हो ।

उक्त युद्ध ग्रस्त क्षेत्रमा देशका ७० लाखभन्दा धेरै मानिसहरु राहतका खाद्यमा निर्भर छन् ।

साउदीद्वारा सञ्चालित अल अरबियन नेटवर्कले भनेको छ, हुडेडाहको स्वतन्त्रता हवाई तथा जल सैन्यको सहायतामा व्यापक मात्रामा स्थल कारावाहीबाट शुरु हुँदैछ ।

उक्त बन्दरगाह शहरका बाहिरी इलाकामा ठूलो बिष्फोटनका आवाजहरु सुनिएका थिए ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage