scheduleआइतवार आश्विन २६ गते, २०७६
Dashaian

राष्ट्रकवि घिमिरे अस्पतालबाट डिस्चार्ज

काठमाडौँ, २ असार । भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा सुधार आएपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।

पूर्णतया स्वास्थ्यमा सुधार आएपछि विहीबार उनलाई अस्पतालबाट फिर्ता गरिएको हो ।

अहिले राष्ट्रकविको सानो आन्द्राबाट भएको रक्तश्राव रोकिनुको साथै निमोनिया पनि पूर्णरुपमा निको भएको र चिकित्सकको सल्लाहमा पुनः एक हप्तापछि उनको स्वास्थ्य परीक्षण गर्नुपर्ने भएकाले उनी भारतमै बसेका छन् । अहिले भारतस्थित नेपाली राजदूतावासमा बसेका छन् । राष्ट्रकवि घिमिरे गत जेठ ९ देखि १९ गतेसम्म मेदान्त अस्पतालमा उपचाररत थिए उनी निको भएपछि डाक्टरहरुको सल्लहबमोजिम नेपाल फकिएका थिए । तर रोग पुनः बल्झिएपछि पुनः गत जेठ २१ गते मेदान्त अस्पताल भर्ना भएका हुन् । राष्ट्रकवि घिमिरे गत वैशाख २८ गतेदेखि सानो आन्द्राबाट निरन्तर रक्तस्राव भएपछि अस्वस्थ बन्दै गएका हुन् ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage