scheduleबुधवार श्रावण १ गते, २०७६

गोलाप्रथाद्वारा यसरी तय हुँदैछ गृहमन्त्री र अर्थमन्त्रीको पदावधि !

काठमाडौं, ४ असार । संघीय संसद्अन्तर्गत पहिलो राष्ट्रिय सभाका सदस्यहरूको गोलाप्रथा आज हुने भएको छ । पदावधि कति भन्ने विषयमा आज गोलाप्रथा गरिने छ । ५९ मध्ये १९ जनाको पदावधि २ वर्षको हुनेछ भने अन्य २० जनाको ४ वर्ष र २० जनाको ६ वर्ष हुनेछ ।

कुन सांसदको पदावधि कति भनेर टुंगो भने गोलाप्रथाबाट तय हुनेछ । राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालका अनुसार गोलाप्रथालाई पूर्ण विश्वसनीय र पारदर्शी बनाउन सचिवालयले कार्यविधी तय गरिएको छ । राष्ट्रिय सभाका सदस्यको पूर्ण कार्यकाल ६ वर्षको हुने संवैधानिक व्यवस्था भए पनि यो स्थायी सदन भएकाले सदस्य बाहिरिने र थपिँदै जाने व्यवस्था गरेको छ  ।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपाध्यक्ष शशीकला दाहाल, गृहमन्त्री रामबहादुर थापा र अर्थमन्त्री युवराज खतिवडासमेतको सांसद पदको कार्यकाल सोमबार निर्धारण हुनेछ  । राष्ट्रिय सभाका सचिव राजेन्द्र फुँयालका अनुसार बिहान साढे ११ बजे हुने गोलाप्रथाको सुरुवात महिला सदस्यको समूहबाट हुनेछ  ।

महिला समूहका ३ मध्ये एक जनाको पदावधि २ वर्ष, एक जनाको ४ वर्ष र अर्का एक जनाको ६ वर्ष कायम हुनेछ । त्यस्तै, ७ जना दलित सांसदमध्ये २ जनाको २ वर्ष, २ जनाको ४ वर्ष, २ जनाको ६ वर्ष र एक जनाको शून्य वर्ष कायम हुनेछ  ।

अपांगता भएकामध्येबाट पनि २ जनाको २ वर्ष, २ जनाको ४ वर्ष, २ जनाको ६ वर्ष र एक जनाको शून्य वर्ष पदावधि कायम हुनेछ । शून्य वर्षको गोला तान्ने अपांगता र दलित समूहका २ जनाको पुनस् गोलाप्रथा गरेर एक जनाको ४ र अर्कोको ६ वर्ष पदावधि कायम हुनेछ  ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob