scheduleआइतवार भाद्र ८ गते, २०७६

बालविवाहको परिणाम, सुत्केरी हुन नसक्दा आमा र बच्चाको ज्यान गयो

दैलेख, ५ असार । बाल विवाह गर्ने र गराउन प्रोत्साहन गर्ने दुवैलाई सरकारले कानुन उपर कारवाही गर्ने भन्दै आएको भएपनि यो प्रथा हट्न भने सकेको छैन । त्यसको परिणाम आमा र बच्चाको ज्यान जाने क्रम पनि बढ्दो छ । त्यसैको पछिल्लो उदाहरण बनेकी दैलेखकी १५ वर्षीया किशोरी ।

दैलेखको आठबीस नगरपालिका वडा नं. ५ पिपलकोट तोलीचाखाकी किशोरी कृष्णा र प्रकाश कसेराले विवाह गरेका थिए । ४३ किलो मात्रै तौल भएकी ती किशोरीले सुत्केरी हुन नसकेपछि आफू र आफ्नो नवजात शिशुको समेत अकालमै ज्यान गएको हो ।

सुत्केरी व्यथाले च्यापेपछि स्वास्थ्य चौकी लैजादै गर्दा बाटोमै उनको ज्यान गएको पिपलकोट स्वास्थ्य चौकीका प्रमुख अहेव रामबीर यादवले जानकारी दिए ।

सानो उमेरमा गर्भाधारण गरेकी कृष्णाको तौल पनि कम भएको र उनको उचाई पनि भएकाले उनको स्वास्थ्यलाई निकै खत्रा रहेको भएपनि सुत्केरी घरमै गराउन खोज्दा अकालमै आमा छोराको ज्यान गएको अनमी दुर्गाकुमारी शर्माले बताइन् । कृष्णाका श्रीमान् १७ वर्षीय प्रकाश कसेरा भारतमा मजदूरी गर्छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage